२२ गते विहान ११ बजेबाट मत गणना गर्छौः मुख्य निर्वाचन अधिकृत विष्ट

अनिल भण्डारी, सिन्धुली- सिन्धुलीका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले सिन्धुलीको निर्वाचनको तयारी पुरा भएको जानकारी दिनुभएको छ । सबै मतदान केन्द्रमा कर्मचारीले तयारी पुरा गरेको र मतदान गराउनका लागि २१ गते विहानको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा मतदान पश्चात २१ गते रातीनै सबै मतपेटिका संकलन गरिसक्ने गरि तयारी भएको छ । “२१ गते राती १२ बजेभित्र सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसक्ने गरि तयारी भएको छ”, मुख्य निर्वाचन अधिकृत विष्टले भन्नुभयो । मतपेटिका आइसकेपछि भण्डारण कक्षमा भण्डारण गरिने छ ।

उहाँले २२ गते विहान ८ बजे सर्वदलिय बैठक राखेर ११ बजेपछि मतगणना सुरु हुने गरि सम्पुर्ण तयारी भइसकेको जानकारी दिनुभयो । सीसी क्यामेराको निगरानीमा हुने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भवनको दोस्रो तल्लामा सिन्धुली क्षेत्रनम्बर २ को र पहिलो तल्लामा सिन्धुली क्षेत्रनम्बर १ को मतगणना हुने गरि गणनास्थल तयारी अवस्थामा राखिएको छ ।

दुबै निर्वाचन क्षेत्रको तीन स्थानमा गणना हुने भएकोले जतिसक्दो छिटो मतपरिणाम आउने गरि काम गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहि अप्रिय समस्या श्रृजना नभए गणना सुरु भएको २४ देखि ३६ घण्टाभित्र पुर्ण नतिजा आइसक्ने गरि २४ सै घण्टा मतगणना गर्ने मुख्य निर्वाचन अधिकृत विष्टको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.