मतदानलाई मौसमको साथ: घमाइला छन् हिमाली जिल्ला, मतदाताको पनि उत्साहजन सहभागिता

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मतदान दिन हिमाली जिल्लाको मौसम पनि अनकुल रहेको छ । मुगु रुकुम डोल्पा हुम्ला लगायतका जिल्ला घाम लागेको र  मतदातले उत्साह पूर्वक मतदानमा सहभागिता जनाएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । डाेल्पाका ७० वटा मतदान केन्द्र मध्ये ६५ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
अहिलेसम्म तथ्यांकअनुसार ६५ वटा मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।जिल्ला प्रहरी कार्यालय डाेल्पाका सुचना अधिकारी टाेपेन्द्र बुढामगका अनुसार शे-फाेक्सुन्डाे गाउँपालिकामा पर्ने कु गाउँ,कराङ्,फाेत,भिजेर र पुग्माे अझै मतदान सुरु भएको छैन् । अत्यधिक चिसाेका कारण मतदान सुरुहुन नसकेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.