सिरहा जिल्लामा बिहान ११ बजेसम्म करिब ३० प्रतिशत मतदान

सिरहा — सिरहा जिल्लामा बिहान ११ बजेसम्म करिब ३० प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकृत राजन श्रीवास्तवका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र अहिले सम्म ३० प्रतिशत मत खसेको बताउनु भयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन् र जिल्लाभर ५३१ मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचन क्षेत्रअनुसार मतदाताको संख्या यसप्रकार छ:
सिरहा–१: १ लाख ११ हजार ९४९
सिरहा–२: १ लाख १५ हजार ७६०
सिरहा–३: १ लाख १९ हजार २५०
सिरहा–४: १ लाख ६ हजार ६८६
सिराहमा बिहानदेखि नै मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ






प्रतिक्रिया राख्नुहोस्