सिरहाका चार निर्वाचन क्षेत्रमा ४५ प्रतिशत मतदान

सिरहा- सिरहा जिल्लामा दिउँसो १ बजेसम्म करिब ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
बिहानदेखि नै मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। जिल्लाभर कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।
सिरहामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाखभन्दा बढी मतदाता रहेका छन् भने जिल्लाभर ५३१ मतदान केन्द्र कायम गरिएको छ।निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म मतदान जारी रहने जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्