तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गर्नुभएको छ ।

पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताउनुभयो ।

“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ । मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर हुनुहुन्छ । दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.