२ बजेसम्म देशभर ३३ प्रतिशत मतदान: निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगका अनुसार कोशी प्रदेशमा ३२ प्रतिशत, मधेसमा ३२ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मत खसेको हो । देशभर ३३ प्रतिशत मत खसेको बताएको छ ।
जम्मा मतदाता सङ्ख्या एक करोड ८९ लाख तीन हजार ६८९ मध्ये हालसम्म ६२ लाख २० हजार ४२ मत खसेको आयोगले जनाएको छ ।देशका कुल एक सय ६५ निर्वाचन क्षेत्रमा दश हजार ९६७ मतदानस्थल रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्