अर्घाखाँची सन्धिखर्क ४ मा रोकिएको मतदान पुन: सुचारु

काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि रोकिएको मतदान प्रक्रिया पुन सुचारु भएको छ ।
मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको अनिवार्य हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको थियो सहमति पछि पुन मतदान सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको उपस्तिथिमा छलफल पछि पुन: ४ बजे देखि मतदान कार्य शुरूवात गरिएको हो । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र अहिले सम्म ७७ हजार बढीले मतदान गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्