आभार, सम्मान र बधाई: काँग्रेस सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको उल्लेख गर्नुभएको छ ।
मतदान कार्य सकिए लगत्तै सभापति थापाले मतदाता, सरकार र निर्वाचन आयोगलाई आभार, सम्मान र बधाई व्यक्त गर्नुभएको हो ।
उहाँले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गर्नभएको छ ।
साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मीहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्