भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायमै

भक्तपुर-१ मा प्रेम सुवाल र २ मा महेश बस्नेत पछाडि

भक्तपुर- भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार रुकेश रन्जित ३ हजार ८ सय ८४ मतसहित अग्रता कायम गरिरहनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २ हजार १३३ मतसहित पछ्याइरहनुभएको छ ।

त्यस्तै किरण न्यौपाने (नेपाली कांग्रेस) ले ६०५ मत प्राप्त गर्नुभएको छ भने सोमप्रसाद मिश्र (नेकपा एमाले) ले ३०२ मत प्राप्त गर्नुभएको छ । भ

यसैगरी, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका राजिव खत्री ३ हजार ६० मतसहित अग्रस्थानमा रहनुभएको छ ।

उहाँलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहनुभएको छ ।

यसैगरी, कविर राणा (नेपाली कांग्रेस) ले ४८४ मत प्राप्त गर्र्नु भएको छ भने रमेश बैध (नेपाल मजदुर किसान पार्टी) ले १६१ मत प्राप्त गर्नु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.