काठमाडौँ ३ बाट राजुनाथ पाण्डे विजयी

काठमाडौँ- काठमाडौँ ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे निर्वाचित हुनु भएको छ । पाण्डेले १८ हजार ७५७ मत ल्याउनु भयो । उहाँका निकटम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गर्नु भयो ।

विक्रम सम्वत् २०२७ साल भदौ २६ गते जन्मिनुभएका राजु पाण्डे आफूलाई काठमाडौंका पूर्व मेयर बालेन्द्र शाहका ‘सिपाही’का रूपमा चिनाउन चाहनुहुन्छ।

बालेन काठमाडौंको मेयर पदमा रहँदा काठमाडौं महानगर प्रहरी प्रमुख (पूर्व एसएसपी) का रूपमा उहाँले अवैध अतिक्रमण हटाउने र नदी किनाराको संरक्षणमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो।

पाण्डे सरकारी र सार्वजनिक जमिन फिर्ता ल्याउने, फुटपाथ, सडक र नदी किनारामा गरिएको अवैध कब्जा हटाएर शहरलाई व्यवस्थित बनाउने अभियानको मोर्चामा सधैं अगाडि रहनुभयो।

सडक विस्तार, पार्किङ व्यवस्थापन र सार्वजनिक स्थान खुला राख्ने काममा कडा तर व्यवस्थित शैली अपनाउने, “कानून सबैका लागि बराबर” भन्ने सोच बोकेको व्यक्तिका रूपमा समेत चिनिनुहुन्छ। पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.