काठमाडौँ-७ मा रास्वपाका गणेश पराजुली निर्वाचित

काठमाडौ- काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभएको छ । पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार नौ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली यसै क्षेत्रबाट दोस्रो पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ।

२०३६ सालमा धनकुटामा जन्मिनु भएका पराजुली आयात-निर्यात क्षेत्रमा अनुभवी उद्यमी हुनुहुन्छ।

पराजुलीसँग आयात-निर्यात क्षेत्रमा झन्डै साढे दुई दशक, अर्थात् करिब २५ वर्षभन्दा लामो अनुभव छ।

रास्वपाको सचिवालयमा उहाँले डिजिटल प्रविधि र युवा परिचालनको नेतृत्व गर्दै आउनुभएको छ। उद्योग तथा वाणिज्य क्षेत्रमा नीतिगत सुधार र आर्थिक पारदर्शिता कायम गर्न उहाँले संसदीय पहल गर्दै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.