काठमाडौँ -९ बाट रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित

काठमाडौँ- काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ ।

रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ ।

अर्याल यसअघि ०७९ को आम निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो।

रास्वपाका संस्थापक मध्येका उहाँले रास्वपाको संसदीय दलको उपनेता तथा कार्यवाहक अध्यक्षको समेत भूमिका निर्वाह गरिसक्नुभएको छ। यसअघि उहाँ दुई पटक श्रम मन्त्रीसमेत बन्नु भएको थियो।

Hospitality, Education, Production, Service and Remittance Expert का रूपमा परिचित उहाँले व्यवसाय तथा रोजगारीका समस्या र समाधानलाई पहिलो प्राथमिकतामा राख्दै आउनु भएको छ।
पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स क्षेत्रमा सफल नेतृत्व गर्दै रोजगारी सिर्जनामा उहाँको महत्वपूर्ण अनुभव रहेको छ।

वैकल्पिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र रोजगारी सिर्जनालाई उहाँले आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.