मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गर्नुभएको ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गर्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्