तेह्रथुममा नेपाली काँग्रेसका सन्तोष सुब्बा विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तेह्रथुमबाट नेपाली काँग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो ।

विसं २०३४ सालमा तेह्रथुम म्याङलुङ नगरपालिका क्याम्पस टोलमा जन्मिनु भएका ४८ वर्षीय सुब्बा करिब तीन दशकदेखि काँग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ ।

२०५२ सालदेखि कांग्रेसका क्रियाशील सदस्य उहाँ राजनीतिमा प्रवेश गर्नुअघि उहाँ सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनु भएको थियो ।

सुब्बा शुरुमा कांग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलमा आवद्ध भएर जिल्लमा दुई कार्यकाल तरुण दल अध्यक्ष भएर नेतृत्व गर्नु भयो ।

त्यसपछि उहाँ कांग्रेस तेह्रथुमको निर्वाचित कोषाध्यक्ष बन्नुभयो ।

कांग्रेसको १३औं महाधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित सुब्बाको यो पहिलो संसदीय यात्रा हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.