स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

वालिङ (स्याङ्जा)- स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी हुनुभएको छ ।

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिनुभयोे ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित हुनुभयो । उहाँले १८ हजार ८५७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो हुनुभएको छ । उहाँले १६ हजार ८०४ मत प्राप्त गर्नुभएको हो ।

स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.