म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी- म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।
सादगी जीवन विताउँदै आउनुभएका पुन बैज्ञानिकका रुपमा परिचित हुनुहुन्छ । उहाँले नेपालको कृषि औजार कारखानालाई पुन: सञ्चालन गर्ने जिम्मा लिएर काम गर्दै आउनु भएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलन पछि गठन भएको नागरिक सरकारमा शिक्षा मन्त्री बन्नुभएका पुन राजिनामा दिएर म्याग्दीमा निर्वाचन लड्न जानुभएको थियो । उहाँलाई रास्वपाले म्याग्दीमा समर्थन गरेर आफ्नो उमेदवारी फिर्ता लिएको थियो ।
विश्वकै चर्चित पुरस्कार म्यागासासे पुरस्कारबाट पुरस्कृत पुनको यसपटकको चुनावी प्रचार शैली अरुको भन्दा फरक थियो जसले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको थियो ।।





प्रतिक्रिया राख्नुहोस्