काठमाडौँ–४ बाट रास्वपाका पुकार बम निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित हुनुभएको छ । उहाँले २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित हुनुभएको थियो ।

विभिन्न सामाजिक अभियानमार्फत राजनीतिमा होमिनुभएका ३८ बर्षीय लामो समयदेखि प्राध्यापन पेशामा हुनुहुन्थ्यो ।

समाजशाष्त्र र राजनीति शाष्त्रमा स्नातकोत्तर गर्नुभएका बम हाल पिएचडी स्कलर हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.