सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा- सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव विजयी हुनुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यादवले ३६ हजार २१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले ७९७२ मत मात्र प्राप्त गर्नुभएको छ ।

विसं २०४९ सालमा जन्मिएका तपेश्वर यादव राजनीतिक यात्रामा लाग्नु अगाडि नगरपालिकामा कर्मचारीको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

यादवले नेशनल इन्जिनियर एसोसिएसन नेपाल स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता देखाउनुभएको थियो। सोही अनुभवलाई आधार बनाएर उहाँले राजनीति यात्रालाई अघि बढाउनुभयो।

विजयी भएपछि यादवले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.