रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको छ । केहीबेर अघि सम्पन्न मत परिणम अनुसार पुन फराकिलो मतान्तरले निर्वाचित हुनु भएको हो । उहाँले २७ हजार ४ सय ६० मत सहित रोल्पाको जनप्रतिनिधिको रुपमा तेस्रो जित पूरा गर्नु भएको छ ।
पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा कांग्रेसका वलीले १२ हजार ८ मत ल्याउनु भयो ।
विक्रम सम्वत् २०२८ मा रोल्पामा जन्मिनु भएका पुनको संसदीय यात्रा नयाँ भने होइन । ओवादी जिल्ला कमिटी रोल्पा र प्युठानको सचिव, २०५३,माओवादी केन्द्रीय सदस्य, २०५५, माओवादी पोलिटब्युरो सदस्य, २०५९, माओवादी सचिवालय सदस्य, २०६३, माओवादी केन्द्रको उपमहासचिव र हाल नेकपाको नेत हुनुहुन्छ ।
२०६४ र २०७० संविधानसभा सदस्य र २०७४ र २०७९ माप्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री , २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री र अर्थमन्त्री समत बन्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्