नवलपुर–१ बाट रास्वपाका राजन गौतम विजयी

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।

आज सम्पन्न मत गणना अनुसार रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको नवलपुरका मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताउनुभयो ।

उहाँले नेपाली कांगे्रसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गर्नुभएको हो । उक्त क्षेत्रमा नेपाली कांगे्रसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गर्नुभयो ।

नेकपा (एमाले) का उम्मेदवार भागिरथ सापकोटाले ९ हजार १३१ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा कुल ८४ हजार ९८६ अर्थात् ६१ दशमलव ९९७ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.