धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई विजयी

काठमाडौँ-  धनकुटाबाट प्रतिनिधिसभा सदस्यबाट एमालेका राजेन्द्रकुमार राई विजयी हुनु भएको छ। उहाँ १८ हजार १ सय ३२ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २ सय ५७ मत प्राप्त गर्नु भयो । राष्ट्रिय श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ मत पाउनु भएको छ ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ मत पाउनु भएको छ।

एमालेका राई ३ हजार ८ सय ७५ मतान्तरले विजयी हुनु भएको हो ।

विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो । यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ बाट उम्मेदवार रहेर पराजित हुनु भएको थियो ।

त्यसपछि उनी एमालेबाटै २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन जित निकाल्नु भएको थियो ।  यसपटक पनि जित निकाल्दै उहाँले जितको ह्याट्रिक गर्नु भएको हो । उहाँ दुई पटक मन्त्री पनि बनिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.