झापा-४ बाट रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भुप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले ४३ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभयो ।

२०३२ साल मंसिर २ गते झापामा जन्मिनु भएका ढकालको यो पहिलो संसदीय यात्रा हो ।

राजनीति शात्रमा स्नातकोत्तर गर्नु भएका ढकालको नेपाल प्रहरीमा २२ वर्ष सेवा गरेको अनुभव छ ।

सामाजिक अभियानकर्ता तथा “खाना नफालौँ” अभियानका प्रवर्तक योग प्रशिक्षक तथा अनुशासित तथा स्वस्थ जीवनशैलीका प्रेरकको रुपमा पनि उहाँ चिनिनुहुन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.