बैतडीबाट रास्वपाका हरिमोहन भण्डारी निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २२ हजार १३४ मत ल्याएर विजयी हुनुभएको हो।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गर्नुभयो ।

विसं २०२३ कार्तिक १५ मा बैतडीमा जन्मिनु भएका भण्डारीले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

भण्डारीले २०३५ सालबाट औपचारिक राजनीतिक यात्रा सुरु गर्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा सुरु गर्नुभएका भण्डारी २०५६ सालमा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा आउनु भएको थियो ।

२०८२ निर्वाचन घोषणा भएपछि उहाँ रास्वपा प्रवेश गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.