धनुषा-२ मा रास्वपाका रामविनोद यादव विजयी

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित हुनुभएको छ । यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश प्रसाद यादव परसैलाले १० हजार १९८ मत प्राप्त गर्नुभएको छ।

विक्रम संवत २०३२ सालमा धनुषामा जन्मिनु भएका राम विनोद यादव निर्माण व्यबसायी हुनुहुन्छ ।

निर्माण व्यबसायमा दुई दशकभन्दा बढी अनुभव हासिल गर्नुभएका यादव स्थानीय तहमा बिद्यालय व्यबस्थापनदेखि विभिन्न संघ-संगठनको नेतृत्व गर्दै आउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.