मुगुमा कांग्रेसका शाही विजयी

मुगु- प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गर्नुभयो ।

शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गर्नुभयो भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत प्राप्त गर्नुभयो ।

जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली काङ्ग्रेस मुगुका पूर्व पार्टी सभापति हुनुहुन्छ  ।

विक्रम सम्वत् २०२४ साल ६ भदौमा मुगुको खत्याड गाउँपालिकामा जन्मिनु भएका खड्ग शाही । २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।

२०४६ सालको आन्दोलनमा सरिक भएका उहाँ त्यसक्रममा पक्राउ समेत पर्नु भयो । २०५२ सालमा उहाँ मुगु जिल्ला कांग्रेस उपसभापति हुनु भएको थियो ।

काँग्रेस जिल्ला सभापति समेत बन्नु भएका शाही राजनीतिका अलावा सामाजिक गतिविधिमा पनि उतिकै सक्रिय हुनु हुन्छ ।शाही २०७४ सालमा प्रदेश सभा सदस्यको उम्मेदवार बन्नु भएको भएपनि यो उहाँको पहिलो संसदीय यात्रा हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.