स्याङ्जा-२ बाट रास्वपाका झबिलाल डुम्रे निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ । डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
पार्टी स्थापना कालदेखि नै पार्टी–निर्माण र संगठन विस्तारमा लाग्दै आउनु भएको डुम्रे ३३ बर्ष पुग्नु भएको छ ।
विशेषगरी पोखरामा सफल व्यवसायीका रूपमा पहिचान बनाउन सफल डुम्रेले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ ।
स्थानीय विकास, सेवा–डेलिभरी र अवसर सिर्जनाको विषयलाई नीतिमा रूपान्तरण जोड दिदै आउनु भएका उहाँसामाजिक/समुदायमा भिजेको तथा लायन्स क्लब र युवा क्लबहरूसँग आवद्ध भएर सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्