दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित हुनुभएको छ ।
खरेलले ३२ हजार ३७६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गर्नुभयो ।
विसं २०४५ सालमा दोलखामा जन्मिनु भएका खरेलले २०७९ मा रास्वपा प्रवेश गर्दै राजनीति यात्रा सुरु गर्नु भएको हो ।
टोयोटा डिलरदेखि पर्यटन र बीमासम्म बहुआयामिक उद्यमशीलतामा आवद्ध हुनुभएका खरेलले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनु भएका खरेल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्