८२ लाख ३१ हजार ५७५ गणनाहुँदा रास्वपालाई ३९ लाख ७० हजार बढी मतप्राप्त

काठमाडौँ- समानुपातिक तर्फ ८२ लाख ३१ हजार ५७५ गणनाहुँदा रास्वपालाई ३९ लाख ७० हजार बढी मतप्राप्त गरेको छ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो तथ्याङकअनुसार सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३९ लाख ७० हजार ६६३ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २८ हजार ५०४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ३५ हजार ८६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ८२ हजार ५८३ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७३ हजार ७२० र श्रम संस्कृति पार्टीले दुइ लाख ८८ हजार ४२४,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।






प्रतिक्रिया राख्नुहोस्