चितवन-१ बाट रास्वपाका हरि ढकाल विजयी

काठमाडौँ- चितवन-१ बाट रास्वपाका हरि ढकाल निर्वाचित हुनुभएको छ । उहाँले ५८२०८ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रप्रसाद वुर्लाकोटीले १३०३३ मत प्राप्त गर्नुभएको छ ।
विक्रम सम्वत् २०४० साल फागुन २१ गते चितवनको रत्ननगर, माधवपुरमा जन्मनुभएका हरि ढकालको यो दोस्रो संसदीय यात्रा हो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको थियो।
चितवनको पर्यटन प्रवर्द्धन र युवा स्वरोजगारका क्षेत्रमा काम गर्दै आउनुभएका ढकाल आर्थिक पारदर्शिता र सुशासनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आउनु भएको छ।
पूँजी बजारका लाखौँ लगानीकर्ताहरूको हकहितका लागि सडकदेखि सदनसम्म आवाज बुलन्द पार्ने व्यक्तिका रुपमा ढकाल चिनिनु हुन्छ । ढकालले स्नातक तहसम्मको अध्ययन गर्नु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्