झापा-३ बाट रास्वपाका प्रकाश पाठक विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा-३ बाट रास्वपाका प्रकाश पाठक विजयी हुनुभएको छ । उहाँ ३८६७४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका अध्यक्षसमेत रहनुभएका राजेन्द्र प्रसाद लिङ्देनले १७२९४ मत प्राप्त गर्नुभएको छ ।

विक्रम सम्वत २०४५ साल साउनमा झापाको बाह्रदशी गाउँपालिका घाग्रामा जन्मिनुभएका पाठक पत्रकारिता पेशाबाट राजनीतिमा प्रवेश गर्नु भएको हो ।

रेडियो एङ्करिङ तथा नेतृत्व विकास तालिममा अनुभवी सहजकर्ताको रुपमा परिचित पाठकसँग विभिन्न पत्रपत्रिका तथा रेडियो र टेलिभिजनमा काम गरेको लामो अनुभव रहेको छ ।

सामाजिक मुद्दासम्बन्धी अनुसन्धान, तथ्यपरक विश्लेषण तथा जनचेतना अभिवृद्धिमा दक्षता राख्ने पाठकले स्नातकोत्तर तह सम्मको अध्ययन गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.