सोलुखुम्बुबाट नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी

काठमाडौँ- एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी हुनुभएको छ। उहाँले १३१६६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका अशिम राईले ९४१४ मत प्राप्त गर्नुभएको छ ।
विसं २०२० सालमा सोलुखुम्बु नेचासल्यान गाउँपालिकामा जन्मनु भएका प्रकाश सिंह कार्कीको यो पहिलो संसदीय यात्रा हो ।
उच्च माध्यमिक तहसम्म अध्ययन गरेका कार्कीले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आउनु भएको थियो ।
२०३५ सालमा नेविसंघबाट राजनीति सुरुवात गर्नुभएका कार्की जिल्लामा सफल उद्ममीको रुपमा पनि चिनिनुहुन्छ ।
उहाँ पर्यटन व्यवसायमा आवद्ध हुनुका साथै नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत भइसक्नु भएको छ ।
२०७४ सालमा प्रदेश सभा सदस्यको उम्मेदवार बन्नु भएका उहाँ वाम गठबन्धनका उम्मेदवारसँग पराजित हुनु भएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्