संखुवासभाबाट एमालेका अर्जुनकुमार कार्की विजयी

काठमाडौँ- सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा अर्जुनकुमार कार्की विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको संखुवासभामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको छ ।

विसं २०२० साउन ४ मा संखुवासभाको खाँदवारीमा जन्मिनु भएका अर्जुनकुमार कार्की पराष्ट्र मामिलाका जानाकार हुनुहुन्छ ।

संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिवियन क्षेत्रका बिभिन्न देशहरूमा नेपालको तर्फबाट राजदुतको रुपमा काम  गर्नु भएका कार्की अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने कार्यमा नेपालको तर्फबाट नेतृत्वदायी भूमिकासमेत खेल्दै आउनु भएको छ ।

कार्कीले ‘द पोभर्टी एन्ड मूभमेन्ट्स फ्रम ब्लो इन नेपाल’ विषयमा पीएचडी गर्नु भएको छ।

एलडिसी वाचका ग्लोबल संयोजकसमेत बन्नु भएका कार्की विदुशी योगमाया हिमालयन युनिभर्सिटीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

उहाँको यो पहिलो संसदीय यात्रा हो ।।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.