ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल विजयी हुनुभएको छ।

उहाँले १३९५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमार लुईटेलले १३९४८ मत प्राप्त गर्नुभएको  छ।

प्रतिनिधि सभा निर्वाचन-२०८२ मा सबैभन्दा कम मतान्तरले विजयी हुने उमेदवार विश्वराज पोखरेल बन्नुभएको छ । उहाँ काँग्रेसका कुमार लुईटेलभन्दा ५ मत बढीले मात्र विजयी हुनुभएको हो ।

विसं २०२२ सालमा जन्मिनु भएका पोखरेल प्रहरी सेवाबाट अवकाश प्राप्त हुनुहुन्छ।

उहाँ २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो। लामो समय प्रहरी सेवामा रहँदै विभिन्न जिम्मेवारी सम्हाल्नु भएका उहाँ ५६ वर्षे उमेरहदका कारण २०७९ साल साउनमा अवकाशमा हुनु भएको हो।

प्रहरी सेवामा रहँदा उहाँले निर्वाचन सुरक्षा, सार्वजनिक सुरक्षा तथा अपराध नियन्त्रणका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गर्नु भएको छ। साथै, UN Peacekeeping Mission मार्फत अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ।

प्रशासनिक दक्षता, मानव संसाधन व्यवस्थापन र पारदर्शिताका पक्षधर उहाँ सुशासन र अनुशासनप्रति प्रतिबद्ध रहँदै जनताको सुरक्षा र अधिकारको पक्षमा काम गर्ने अनुभवी, उत्तरदायी र परिणाममुखी नेतृत्वको रूपमा चिनिनु हुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.