मोरङ-१ बाट रास्वपाका यज्ञमणि न्यौपाने विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ-१ बाट रास्वपाका यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने २७३६७ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७५२२ मत प्राप्त गर्नुभएको छ ।

४१ वर्षीय न्यौपाने पेशाले कानुन व्यवसायी हुनुहुन्छ।

राजनीति शास्त्रमा समेत स्नातकोत्तर गर्नु भएका उहाँ स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष हुनुहुन्थ्यो ।

संवैधानिक कानुन, मानवअधिकार तथा सार्वजनिक हितको वकालतमा उहाँले अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको छ।

विपन्न तथा समस्याग्रस्त समुदायलाई निःशुल्क कानुनी सेवा प्रदान गर्न पनि सक्रिय रहँदै आउनु भएका न्यौपाने न्याय सुधार, व्यावसायिक मर्यादा र न्यायमा समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध नेतृत्वको रूपमा चिनिनु हुन्छ।

सामाजिक न्याय, कानुनको व्यावसायिकता र पारदर्शिता प्रवर्द्धनमा जोड दिने न्यौपानेले न्याय प्रणालीलाई उत्तरदायी, पहुँचयोग्य र विश्वसनीय बनाउने प्रतिबद्ध नेताका भूमिका खेल्दै आउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.