मोरङ-२ बाट रास्वपाका दिलीपकुमार कार्की विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मोरङ-२ मा रास्वपाका कृष्णकुमार कार्की निर्वाचित हुनुभएको छ । उहाँ ४०९२४ मतसहित विजयी हुनुभएको हो।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार अग्रवालले १५६२४ मत प्राप्त गर्नुभयो ।
मोरङको रतुवामाई नगरपालिकामा जन्मिनु भएका कृष्णकुमार कार्कीको यो पहिलो संसदीय यात्रा हो। २०४२ साल मंसिरमा जन्मिनु भएका कार्कीले जापानबाट निर्माण व्यवस्थापनमा डिप्लोमा गर्नुभएको छ ।
पूर्वाधार तथा निर्माण व्यवस्थापनका साथै समुदाय विकासका क्षेत्रमा पनि उहाँको विशेष रुचि र अनुभव रहेको छ।
विगत करिब १५ वर्षदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनु भएका उहाँले भूकम्प र कोभिड-१९ को संकटका बेला उल्लेखनीय राहत तथा सहयोग प्रदान गर्नु भएको थियो।
रतुवामाई उज्यालो अभियान, सुत्केरी पोषण आहार कार्यक्रम, वृद्धवृद्धा तथा बालबालिकाका लागि सेवा, आपतकालीन एम्बुलेन्स सेवा, जाडोयाममा न्यानो कपडा वितरण तथा बाढीपीडित परिवारका लागि घर निर्माण जस्ता विभिन्न सामाजिक कार्यमा उहाँ उत्तिकै सक्रिय रहँदै आउनु भएको छ।
समुदायमा दिगो विकास र सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा चिनिनु हुने कार्की व्यवसायिक दक्षता, पूर्वाधार अनुभव र १५ वर्षभन्दा बढी सामाजिक सेवाको संयोजनमार्फत आपतकालीन राहत,समुदाय विकास तथा दिगो परिवर्तनका लागि प्रतिबद्ध नेताको रुपमा पनि उहाँलाइ चिन्ने गरिन्छ ।।






प्रतिक्रिया राख्नुहोस्