सुनसरी-४ बाट रास्वपाका दीपक कुमार शाह विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी-४ बाट दीपक कुमार शाह विजयी हुनुभएको छ । उहाँ ४२ हजार ७७१ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६५८७ मत प्राप्त गर्नुभयो ।
मेकानिकल इन्जिनियरीङ्ग तथा प्राकृतिक श्रोत विकासमा स्नातकोत्तर दीपक कुमार साह सर्वोदय पार्टी/जनस्वराज पार्टीका उपाध्यक्ष र जनमत पार्टी हुँदै रास्वपाबाट प्रतिनिधि सभा सदस्य बन्नु भएको हो ।
विशेषगरी जलविद्युत क्षेत्रका इन्जिनियर तथा विज्ञका रुपमा स्थापित शाहसँग २३ वर्ष हाइड्रो पावरको क्षेत्रमा काम गरेको अनुभव छ । शाह २०३३ सालमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकामा जन्मिनु भएको हो ।
जलविद्युत, ठेक्का, लागत अनुमान, गुणस्तर परीक्षण र वातावरणीय अडिटमा विशेषज्ञता हासिल गर्नु भएका साह भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा नेतृत्वकर्ताको रुपमा रहनु भएको छ ।
मधेश क्षेत्रमा नेतृत्व विकास र क्षमता निर्माणमा सक्रिय सहजकर्ता एवम अभियान कार्ताको रुपमा समेत उहाँ चिनिनुहुन्छ ।।





प्रतिक्रिया राख्नुहोस्