धुनुषा-१ बाट नेकपाका मातृकाप्रसाद यादव विजयी

काठमाडौँ- धनुषा-१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यावन प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादव १०४३० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम पल्टन साहले ९५०२ मत प्राप्त गर्नुभएको छ ।
मातृकाप्रसाद यादव नेपाली कम्युनिष्ट पार्टीका अनुभवी नेताको रुपमा चिनिनुहुन्छ ।
माओवादी जनयुद्ध ताका मधेश नेतृत्व सम्हाल्नु भएका यादव २०६३ को अन्तरिम ब्यवस्थापिकाको सांसद हुँदै पटक-पटक सांसद र मन्त्रीसमेत बन्नु भएको छ ।
उहाँ गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा पहिलो पटक वन मन्त्री हुँदा ललितपुरमा सञ्चालित ढुंगाखानी बन्द गर्न दिएको निर्देशन नमानेको भन्दै एलडीओलाई ट्वाइलेटमा थुनेर चर्चामा आउनु भएको थियो ।
त्यसलगत्तै, प्रधानमन्त्री कोइरालासँगको विवादका कारण उहाँले राजीनामा पनि दिनुभयो ।
२०६४ को संविधानसभामा समानुपातिक सांसद बन्नु भएका यादव प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री बन्नु भयो ।
त्यतिबेला पनि उहाँले सरकारबाट आफूलाई काममा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । यादव विचारमा प्रष्ट तथा कडा र हक्की स्वभावका मानिनुहुन्छ ।।






प्रतिक्रिया राख्नुहोस्