सर्लाही-१ बाट रास्वपाकी नितिमा भण्डारी कार्की विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही-१ बाट रास्वपाकी नितिमा भण्डारी (कार्की) विजयी हुनुभएको छ। उहाँले ४४१८१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले ७८७१ मत प्राप्त गर्नुभएको छ ।

विक्रम संवत् २०३९ सालमा जन्मिनु भएकी नितिमा भण्डारी कार्की काठमाडौँ महानगरपालिका, सिनामंगलकी स्थायी बासिन्दा हुनुहुन्छ।

स्नातक उत्तीर्ण गर्नुभएकी कार्की रेस्टुरेन्ट व्यवस्थापन, खाद्य प्रविधि तथा निर्यात-आयात क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय र सफल उद्यमीका रूपमा चिनिनुहुन्छ।

उहाँले नेपाली उत्पादन तथा ब्रान्डलाई विश्वका पाँचभन्दा बढी देशसम्म पुर्‍याउन सफल हुनु भएको छ। स्थानीय कच्चा पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र विभिन्न उद्योगमार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आर्थिक आत्मनिर्भरता निर्माणमा योगदान पुर्‍याउने उद्यमीका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ।

कृषिमा नीतिगत भ्रष्टाचार अन्त्य, किसानका समस्या समाधान तथा सिँचाइ व्यवस्थालाई प्राथमिकता दिँदै उत्पादन र आय वृद्धि गर्ने स्पष्ट रोडम्यापका उहाँसँग रहेको छ ।

यसका साथै नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघ जस्ता संस्थाहरूमा आबद्ध भई उद्यमीहरूको हकहितका लागि पनि सक्रिय रहँदै आउनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.