रौतहट-३ बाट रास्वपाका रविन्द्र पटेल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट-३ बाट रास्वपाका रविन्द्र पटेल विजयी हुनुभएको छ । उहाँले २७३१८ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११९५४ मत प्राप्त गर्नुभएको छ ।
४८ वर्षका पटेल रौतहट मौलापुर नगरपालिका-९ सोनरनियामा बसोबास गर्दै आउनु भएको छ ।
२०५१ सालका माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको सदस्य लिएर राजनीतिको सुरुवात गर्नु भएका उहाँ २०५५ सालमा क्रान्तिकारीको केन्द्रीय सदस्य बन्नु भएको थियो ।
२०७४ सालमा मौलापुर नगरपालिकाको नगरप्रमुखका माओवादी पार्टीले टिकट नदिएपछि उहाँ बागी उम्मेदबार हुनुभएको र पराजय भोग्नु भएको थियो ।
नगरपालिका पराजय भोग्नुभएका पट्टेलको संसदीय यात्रा भने पहिलो प्रयासमै सफल भएको छ ।।






प्रतिक्रिया राख्नुहोस्