रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी हुनुभएको छ । उहाँले ३६८७६ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव प्रसाद तमिलसेनाले १५८६५ मत प्राप्त गर्नुभएको छ ।
४३ वर्षीय पौडेल रौतहट चन्द्रपुर नगरपालिका ९ चेतनगरमा बसोबास गर्दै आउनु भएको छ ।
स्नाकोत्तरसम्मको अध्ययन गर्नु भएका पौडेल नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नु भएको हो ।
समय संकल्प बचत तथा ऋण सहकारीको संचालक उहाँ प्रणामी धार्मिक वन समितिका अध्यक्षसमेत भइसक्नु भएको छ ।
निर्वाचन पूर्व काँग्रेस परित्याग गरी उहाँ रास्वपा प्रवेश गर्नु भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्