जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्छौं: एमाले अध्यक्ष ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताउनुभएको छ।

निर्वाचनको अन्तिम नतिजा आए लगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुहुँदै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई आफू र पार्टीले स्वीकार गर्ने बताउनुभएको हो।

उहाँले आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको उल्लेख गर्दै पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्नुभएको छ।

उहाँले निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवा भाव कमजोर नहुने बताउनुभएको छ।

ओलीले आगामी दिनमा पनि जनताकै बिचमा रहेर काम गर्दै विश्वासको सम्बन्ध अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसैबीच, अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर पार्टीको पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.