बारा-२ बाट रास्वपाका चन्दनकुमार सिंह विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा-२ मा रास्वपाका चन्दनकुमार सिंह विजयी हुनुभएको छ । उहाँ ३५५९० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजबादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवले १४१९६ मत प्राप्त गर्नुभयो ।
४२ वर्षीय चन्दनकुमार सिंह यसअघि नयाँ संविधान जारीपछिको पहिलो स्थानीय तह निर्वाचन हुँदा देवताल गाउँपालिकाका अध्यक्ष भइसक्नु भएका अनुभवी राजनीतिक नेता हुनुहुन्छ।
स्थानीय शासन र राजनीतिक नेतृत्वमा उहाँको ठोस अनुभव रहेको छ। उहाँले चार वर्ष शिक्षकको रूपमा पनि काम गर्नुभएको छ।
सिंह समाजसेवामा पनि सक्रिय रहनुभएको छ।
विशेषगरी टर्नाडो र COVID-19 बाट प्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता उपलब्ध गराउन उहाँले महत्वपूर्ण योगदान गर्नुभएको थियो।
सामाजिक सेवामा गरेको योगदानका लागि उहाँलाई मधेश पत्रकार संघले “Hero of Madhesh Province” सम्मान प्रदान गरेको छ।
उहाँ अधिकार, पहिचान र सहभागी विकासका अभियानहरूमा निरन्तर संलग्न रहँदै आउनुभएको छ।
समुदाय केन्द्रित योजना निर्माण, प्राथमिकता निर्धारण तथा मापनयोग्य परिणाम हासिल गर्ने स्पष्ट दृष्टिकोण उहाँसँग रहेको बताइन्छ।
सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्छ र पारदर्शिता तथा नियम-कानुनको पालनामा शुन्य सहनशिलताको नीति अपनाउनुपर्नेमा अडानमा उहाँ हुनुहुन्छ ।
सार्वजनिक निकायलाई जनताप्रति जिम्मेवार बनाउने, सेवा-डेलिभरी सुधार गर्ने र जवाफदेहिता मजबुत बनाउने जस्ता विषयलाई उहाँले चुनावी मुद्दा बनाउनु भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्