बारा-३ बाट रास्वपाका अरबिन्द साह विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा-३ बाट रास्वपाका अरबिन्द साह विजयी हुनुभएको छ। उहाँले ४०६९७ मत प्राप्त गरी बिजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रसका फरमुल्लाह मंसुरले १००५२ मत प्राप्त गर्नुभएको छ।

४१ वर्षीय अरबिन्द साहले राष्ट्रिय स्वतन्त्र पार्टीबाटै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो। बाराको तेलकुवा गाउँमा जन्मिनुभएका साह पेशाले इन्जिनियर हुनुहुन्छ।

उहाँको शैक्षिक योग्यता MPhil/PhD (ग्रामीण विकास, AI र डिजिटल शासन), MA in Rural Development साथै Bachelor in Computer Engineering रहेको छ।

डिजिटल सेवा र प्रविधिको माध्यमबाट लाखौँ मानिस र व्यवसायलाई सशक्त बनाउने क्षमताका कारण उहाँलाई सफल उद्यमीका रूपमा चिनिन्छ।

कृषक तथा ग्रामीण उद्यमशीलतालाई प्रविधि र अवसरमार्फत सशक्त बनाउने कार्यमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभएको छ।
साहले नेपालमा ५०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्नु भएको छ ।

युवाहरू, महिलाहरू र समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गर्दै चेतना, एकता र सशक्तिकरण प्रवर्द्धन गर्ने काममा उहाँ संलग्न रहनुभएको छ।

युवाहरूको उद्यमशीलता, नवप्रवर्तन र डिजिटल योगदानका लागि उहाँले राष्ट्रिय स्तरमा सुप्रबिध पुरस्कार, मधेश डिजिटल आइकन तथा युथ इन्टरप्रेन्योरशिप पुरस्कार प्राप्त गर्नुभएको छ।

डिजिटल प्रविधिको प्रयोगमार्फत अवसर विस्तार गर्ने तथा गरिबीमुक्त र सम्मानजनक समाज निर्माणलाई उहाँले आफ्नो चुनावी एजेण्डा बनाउनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.