बारा-४ बाट रास्वपाका रहबर अन्सारी विजयी

काठमाडौँ- बारा-४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाका रहबर अन्सारी विजयी हुनुभएको छ । उहाँले ४१२०० मत ल्याउनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ११६३९ मत प्राप्त गर्नुभएको छ ।

३९ वर्षीय रहबर अन्सारी पेशाले चिकित्सक हुनुहुन्छ।

निर्वाचन अघि उहाँ तत्कालिन माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको थियो। रास्वपामा प्रवेश गर्नुअघि उहाँ मधेश प्रदेशमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य हुनुहुन्थ्यो।

अन्सारीले सेन्ट्रल युरोपियन युनिभर्सिटी हंगेरीबाट सर्वाजनिक नीतिमा स्नातकोत्तर तथा भारतको पुनेबाट BBA समेत अध्यायन गर्नु भएको छ ।

उहाँ नीति-केन्द्रित युवा नेता तथा मधेश प्रदेश सभाका पूर्व सदस्यका रूपमा परिचित हुनुहुन्छ।

करिब १५ वर्षभन्दा बढी समय उहाँले राजनीतिक संगठन, सरकारी जिम्मेवारी, स्वास्थ्य प्रशासन तथा अन्तर्राष्ट्रिय विकास कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ।

मधेश प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीका रूपमा कार्यरत रहँदा उहाँले औद्योगिक विकास, पर्यटन प्रवर्द्धन तथा वन व्यवस्थापनका क्षेत्रमा नीतिगत योगदान पुर्‍याउनुभएको थियो। साथै, उहाँ वीरगंजमा रहेको गण्डक अस्पताल प्रालिका पूर्व प्रमुख कार्यकारी अधिकृत (CEO) समेत रहनुभएको थियो ।

उहाँ रोटरी क्लब वीरगञ्जका पूर्व निर्देशक, सचिव तथा जनसम्पर्क निर्देशकका रूपमा कार्य गर्दै सामाजिक सेवा र नेतृत्वको अनुभव हासिल गर्नुभएको छ। साथै, राजर्षि जनक विश्वविद्यालयका सिनेट सदस्यका रूपमा शिक्षा क्षेत्र र संस्थागत सुधारका कार्यमा पनि उहाँ निरन्तर संलग्न रहनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.