पर्सा-३ बाट रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी

काठमाडौँ- पर्सा-३ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी हुनुभएको छ । उहाँले २९६७९ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६३६६ मत प्राप्त गर्नुभयो ।

५७ वर्षीय रामाकान्त प्रसाद चौरसिया पेसाले निर्माण व्यवसायी हुनुहुन्छ।

भौतिक पूर्वाधार विकास, निर्माण व्यवस्थापन तथा साइट/फिल्ड सञ्चालनमा उहाँको राम्रो अनुभव रहेको छ।

‘प्रोजेक्ट म्यानेजमेन्ट’मार्फत विकास आयोजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने विशेष क्षमता उहाँसँग रहेको बताइन्छ।

वीरगञ्ज-पर्सा क्षेत्रका निर्माण व्यवसायी तथा आम समुदायसँग उहाँको बलियो र दीर्घकालीन सम्बन्ध रहेको छ।

रोजगारी सिर्जना, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्दै प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.