हर्मुज जलमार्ग बन्द गर्ने इरानी सर्बोच्च नेताको घोषणा, पेट्रोलियम पदार्थ आपूर्तिमा थप संकट

काठमाडौँ- इरानका नवनियुक्त सर्बोच्च नेता मोज्ताबा खामेनीले इरानमाथि भएको कारवाहीको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन ।
इरानको नयाँ सर्बोच्च नेता चयन भएपछि पहिलो पटक भिडियो सन्देश दिँदै खामेनीले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरे । उनले पेट्रोलियम पदार्थको ओसारपोसार गर्ने मुख्य हर्मुज जलमार्ग बन्द गर्ने घोषणा पनि गरे।
छोटो सम्बोधनमा खामेनीले अमेरिकी आक्रमणका कारण आफ्नो देशमा बगेको रगतको बदला दिने बताए ।
खामेनी इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीका छोरा हुन । आयतुल्लाह अलि खामेनीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि उनी इरानका नयाँ सर्बोच्च नेता बनेका हुन ।
नयाँ सर्बोच्च नेताको यो सम्बोधनसँगै विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या पर्ने संकेतहरु देखिएका छन । त्यसो त यसअघि नै हार्मुज जलमार्गबाट पेट्रोलियम पदार्थ बोकेका ट्याङंकरहरुमाथि इरानले आक्रमण गरेर ध्वस्त पारिसकेको छ ।
अमेरिका-इरान युद्धसँगै विश्वभर कच्चा तेलको मुल्य बढेको छ ।
सर्बोच्च नेता खामेनीको सम्बोधन लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालित ट्रुथ सोसियलमार्फत अब अमेरिका तेल बेचरै सबैभन्दा धेरै पैसा कमाउने देश बन्ने उल्लेख गरेका छन । उनले विश्वमा सबैभन्दा धेरै तेल अमेरिकासँग भएको दावी पनि गरेका छन ।







प्रतिक्रिया राख्नुहोस्