रामेछापबाट रास्वपाका कृष्णहरि बुढाथोकी विजयी

काठमाडौँ- एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट रास्वपाका कृष्णहरि बुढाथोकी विजयी हुनुभएको छ । उहाँले २४८०८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७६०९ मत प्राप्त गर्नुभयो ।
४६ वर्षीय कृष्णहरि बुढाथोकीको नेपाल प्रहरी सेवामा लामो अनुभव रहेको छ।
राजनीतिशास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएका उहाँले नेपाल प्रहरीमा अफिसरका रूपमा सेवा गर्दै अनुशासन, कानुनको शासन र सार्वजनिक सुरक्षासम्बन्धी क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गर्नुभएको छ।
स्थानीय समुदायमा उहाँले घरबारविहीन र विपन्न परिवारका लागि आवास निर्माण सहयोगजस्ता पहलहरू अघि बढाउनुभएको थियो ।
सुशासन, जवाफदेहिता र सामाजिक न्यायका मुद्दामा उहाँ स्पष्ट प्रतिबद्धता राख्नुहुन्छ र जवाफदेही शासन प्रणालीका पक्षधर मानिनुहुन्छ।
युवाहरूका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक अवसर विस्तारलाई प्राथमिकता दिने उहाँको एजेन्डा रहेको छ।
सार्वजनिक प्रशासन, कानुन र सुरक्षा, समुदाय विकास तथा सुशासन–उत्तरदायित्वका विषयमा समस्या पहिचानदेखि कार्यान्वयनसम्म काम गर्न सक्ने क्षमता भएको व्यक्तित्वका रूपमा पनि उहाँलाई चिनिन्छ।।






प्रतिक्रिया राख्नुहोस्