सिन्धुपाल्चोक-२ बाट नेकपाका युवराज दुलाल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक-२ बाट नेकपाका युवराज दुलाल विजयी हुनुभएको छ । उहाँले २१६९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वंशलाल तामाङले १९१४६ मत प्राप्त गर्नुभएको छ ।
४३ वर्षीय युवराज दुलालले आफ्नो राजनीतिक यात्रा जनआन्दोलनको भूमिगत संघर्षमा लागेर सुरु गर्नु भएको थियो ।
उहाँ जनमुक्ति सेनाको ‘बिग्रेड कमाण्डर’देखि प्रदेश सरकारको मन्त्रिपरिषद् हुँदै संघीय संसदीय भूमिकामा आइपुग्न सफल हुनु भएको छ ।
दुलाल यसअघि बागमती प्रदेश सभामा दुई-दुई पटक प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भइसक्नु भएको छ ।
२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ (क) बाट उहाँ विजयी हुनुभएको थियो ।
उहाँ २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नगरपालिका-७, सानो सिरुवारीमा जन्मिनु भएका हो ।
दुलालसँग ०७४ देखि ०७७ सालसम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र ०७९ देखि ८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेको अनुभवसँग छ ।।






प्रतिक्रिया राख्नुहोस्