धादिङ-१ बाट रास्वपाकी आसिका तामाङ विजयी

काठमाडौँ- दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङ-१ बाट रास्वपाकी आसिका तामाङ विजयी हुनुभएको छ । उहाँ ३९१२८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भूमि प्रसाद त्रिपाठीले १५०३२ मत प्राप्त गर्नुभएको छ ।
आशिका तामाङ्ग नर्सिङ पेशाबाट समाजसेवा क्षेत्रमा सक्रिय भई राजनीतिमा आउनु भएकी एक सामाजिक अभियन्ता हुन्। जहाँ समस्या देखा पर्छ, त्यहाँ पुगेर समाधानका लागि पहल गर्ने उहाँको सक्रियता उल्लेखनीय छ।
उहाँले पानीको बोतलदेखि यातायात शुल्कसम्मको लुटतन्त्र उजागर गर्ने काम गर्नुभएको छ र जेन-जी आन्दोलनमा घाइतेहरूलाई सहयोग पुर्याउनु भएको थियो। साथै, “१ रुपैयाँ अभियान” मार्फत दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा, लुगा र आशाको पहुँच पुर्याउने कार्यमा उहाँ संलग्न रहनुहुन्छ।
अभिनेत्रीबाट सामाजिक सक्रियतामा रूपान्तरण गर्दै आशिका तामाङ्गले प्रेरणादायी यात्रा तय गर्दै समाजका पिछडिएका वर्ग र समुदायको सेवामा योगदान दिइरहनु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्