नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ बाट रास्वपाका मनिष खनाल विजयी

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ बाट रास्वपाका मनिष खनाल विजयी हुनुभएको छ । उहाँले ४१३४७ मत प्राप्त गर्नुभएको छ । खनालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तिल बहादुर महत क्षेत्रीले १५७५५ मत प्राप्त गर्नभएको छ ।
२६ वर्षीय मनिष खनाल ‘जेन-जी’ पुस्ताबाट उदाएका युवा अनुहार हुनुहुन्छ, जसले पुरानो शैलीको राजनीतिलाई तथ्य, उत्तरदायित्व र जिम्मेवारीका आधारमा चुनौती दिँदै आएनु भएको थियो।
अधिवक्ताका रूपमा सक्रिय खनालले नीति र कानुनलाई केवल “भाषण”को विषय नभई नागरिकको अधिकार र कार्यान्वयनको आधार बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।
उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नु भएको छ ।
कानुनी अध्ययनले उहाँलाई सार्वजनिक जवाफदेहिता, सुशासन र नीति–कार्यान्वयनका विषयमा स्पष्ट दृष्टिकोण बनाउन सहयोग गरेको छ ।
सरकार र ‘जेन–जी’ प्रतिनिधिबीच भएको सम्झौतामा सक्रिय भूमिका निर्वाह गरेका खनाललाई समस्या समाधान खोज्ने र परिणाममुखी ढंगले काम गर्ने युवाको रूपमा चिनिन्छ ।।






प्रतिक्रिया राख्नुहोस्